प्रवासीको नोट चल्ने, भोट नचल्ने ?

कतारमा रहेको विवेकशील नेपाली समुहले प्रवासमा रहेका नेपालीहरुले भविष्यमा हुने कुनै पनि निर्वाचनमा मतदान गर्न पाउनु पर्ने आफ्नो सम्बैधानिक आधिकारका लागी सरकारको ध्यानाकर्षण गरेकोे छ ।
“प्रवासी नेपालीको मतदानको अधिकार सुनिश्चितताको आधार, नोट चल्ने, भोट नचल्ने ? कहिले सम्म ए सरकार ?” भन्ने नारा सहित सरकारलाई सचेत गराउन अभियानको सुरूवात गरेको हो ।
नेपाल देखी टाढा रहेका झण्डै पचास लाख नेपालीहरूको रेमिट्यान्स मात्र होईन मताधिकार सुनिश्चितता लागी प्रवासी नेपालीले विदेशबाट नै मतदान गर्न पाउनुपर्ने माग राख्दै विवेकशील नेपाली कतार शाखाले चरणबद्ध अभियान सुरू गरेको दलका केन्द्रिय सदस्य सुरेश भट्टले जानकारी दिनु भयो ।

विवेकशील नेपाली दलकाे नेतृत्व गर्दै आउनु भएको अध्यक्ष उज्वल थापा, र रन्जु दर्शना,निर्देश सिलवाल,मिलन पाण्डे आशिष राई लगायत केन्द्रले आज भन्दा केही वर्ष अघी नै यस मुद्दालाई देशको रूपान्त्रणको प्रमुख कडीको रुपमा लिदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दा उपर प्रवासी नेपालीहरुले मतदान दिन पाउनु पर्छ भन्ने पक्षमा फैसला गरेको थियो । तर प्रवास बाट मतदान गर्न सक्ने सम्यन्त्र तथा पुर्वधार निर्माणमा भने वर्तमान सरकारले पहल कदमी नचालेको भन्दै सरकार लाई दबाब महसुस गराउनको लागी विवेकशील नेपाली कतारले नागरिक आन्दोलन सुरु गरेको यस अभियानको अभियन्ता एकाईका बौद्धिक व्यक्तित्व तिर्थराज कार्की बताउँछन ।
विवेकशिल नेपाली कतारले केहि दिन अगाडी मात्र नेपाली राजदूतावास दोहा कतारलाई प्रवासी नेपालीहरुको मतदानको अधिकारको सुनिश्चित गराउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको थियो। त्यस्तै “भूगोलले पर छौ, तर देशका नागरिक हौ “। भ्रस्टचारीको शहर छ, भोट हाल्ने रहर छ”। जस्ता स्लोगन लेखिएका टी-शिर्ट लगाएर दोहा सहरमा बसोबास गर्ने नेपालीहरू समक्ष प्रवासी हरुको मतदानको अधिकारको बारेमा अन्तरकृया सुरु गर्दै हाल सम्म सयौं संख्यामा हस्ताक्षर संकलन कार्य गरेको छ l
विवेकशिल नेपाली कतारले आगामी दिनमा पनि प्रवासी नेपालीहरूको साथ लिई हस्ताक्षर संकलन गर्दै विभिन्न स्वरूपमा यस अभियानलाई निरन्तरता दिई राख्ने र यस अभियानका प्रमुख अभियन्ताहरुको उपस्थितिमा वृहत कार्यक्रम गर्ने तयारी भएको विवेकशील नेपाली कतार एकाइका अध्यक्ष गौरवराज अधिकारीले बताएका छन्।