कतारको इन्टरनेट विश्वकै पाँचौ उत्कृष्ट

स्पिडटेष्ट इन्टेलिजेन्स नामक डाटा प्ल्याटफर्ममा गरिएको इन्टरनेट डाटाको विश्लेषणका आधारमा विश्वका मुलुकहरुको मोबाइल इन्टरनेट गतिको सूचीमा कतार पाँचौ र खाडी क्षेत्रमा पहिलो स्थानमा परेको छ । उसका अनूसार कतारको मोबाइल इन्टरनेट स्पिड ५९.९० एमबी प्रति सेकेन्ड रहेको छ।
कतारलाई पछ्याउदै यूएई सातौँ स्थानमा (५६.३३) , साउदी अरेबिया ३५ औ स्थानमा (३५.६०), ओमान ३६ औ (३५.६०) र बहराइन ५९ अाैं स्थानमा (२६.३७) एमबीपीएस रहेको छ ।

यता फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीड तर्फ भने कतार ६२.६५ एमबीपीएसका साथ विश्वकै ३९ आैं स्थानमा परेको छ । तथ्यांक अनुसार कतारको अपलोड स्पिड मोवाइल इन्टरनेट बाट १६.६ एमबीपीएस र ब्रोडब्याण्ड बाट ३२.२० एमबीपीएस रहेको छ ।
स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१९ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको पनि प्रतिवेदनले देखाएको छ ।
सबैभन्दा तिव्र गतिको मोबाइल इन्टरनेट भएका ५ मुलुक
नर्वे: ६५.४१ एमबीपीएस
क्यानडा : ६४.४२ एमबीपीएस
कोरिया : ६३.८१ एमबीपीएस
नेदरल्याण्ड: ६१.७५ एमबीपीएस
कतार : ५९.९० एमबीपीएस
सबैभन्दा उच्च गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएका ५ देशहरु
सिंगापुर: १९७.५० एमबीपीएस
हंगकंग: १७२.६७ एमबीपीएस
दक्षिण कोरियाः १४४.६७ एमबीपीएस
रोमानिया : १३०.४४ एमबीपीएस
एन्डाेरा : १२८.२५
रिपोर्ट अनुसार विश्वको सबैभन्दा कमजोर मोबाइल इन्टरनेट अल्जेरियाको रहेको छ भने सबैभन्दा कमजोर फिक्स्ड इन्टरनेट तुर्केमिनिस्तानको रहेको छ ।
नेपालको ?
मोबाइल इन्टरनेट स्पिडमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा खस्कदै १ सय १२५ औँ अवस्थामा छ ।
त्यस्तै फिक्स्ड इन्टरनेटमा नेपाल १०७ औँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड इन्टरनेटको स्पिड १८.७४ एमबीपीएस रहेको छ भने मोबाइल इन्टरनेट स्पिड १०.४१ एमबीपीएस रहेको रिपोर्टले देखाएको छ ।