आज १४० जनाको रिपोर्ट पोजेटिभ

गएको २४ घण्टामा १४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १८८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १०८ जना स्थानीय र ३२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३९,७८३ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ८,७२७ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३९ रहेको छ र निको हुनेको संख्या १,३७,०६० पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २५ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २५३ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३६ जना
आज सम्म जाँच भएको संख्या – ११,३३,०७५ जना
अझै निको हुन बाँकीको संख्या : २,४८४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।