कर्नेश काण्ड : हामी नेपाली कहिले सुध्रिने ?

 

साेच/ विचार

बिहान उठ्ने बित्तिकै मुख पनि नधोई फोन हेरिहाल्नु पर्ने बानी छ मेरो। कसले पो हेर्दैन होला र आज भोली । सधैं झै हेर्दै थिए,फेसबुक वाल भरी कर्नेश काण्ड भनेर जताततै भिडियो देखेँ । फेरी काण्ड भन्नासाथ अलि ध्यान जाने आजकाल ।

पहिले पनि त्यही कर्नेश मै डुङ्गा काण्ड नदेखेको हैन। एउटै डुङ्गामा ३० देखी ४० जना जस्तो मान्छे । एक दुर्इ पटक म आफै जाँदा पनि ओहो धान्ला त डुङ्गाले ? भन्ने मनमा नआएको होइन । तर अब मैले के नै पो गर्न सक्थे र ? फेरी जाबो मुश्किलले १० मिनेट घुमाउछ ९० प्रतिशत नेपाली नै ओहिरेको ओहिर्यै । गाना उस्तै बजाको छ कर्नेश नै थर्किने गरी। फेरी अझ केटी हुन पर्छ साथमा,के चाहियो अरु हामी नेपालीलाई। त्यहिको चउरमा बसेर दुखका साथ भन्न पर्छ, रमिता हेर्न बाहेक अरु केही गर्न  सकेको थिइन  ।

के भयो हिजो ?

नेपाली अभियन्ता सागर नेपालले फेसबुकमा शेयर गर्नुभएको भिडियो अनुसार डुङ्गा बाट घुमेर फर्कन साथ एक महिला माथि दुर्इ तिन जनाको समुहले हातपात गरेका छन् । सोही समुहका केहि महिलाहरु मातेर हिडिरहेका छन् ।अझ ति मध्ये एकजनाले नराम्रै सँग हात हालेको देख्न सकिन्छ । फेरी बेलुका चक्कु प्रहार भएको गाइगुइ पनि सुनिएको छ । केही वर्ष अघि एक नेपाली युवती कर्नेश मै मृत भेटिएकी थिइन् । पछि सब सामसुम्मे थियो ।

ल ठीकै छ , हप्ताको एक दिन छुट्टी हुन्छ रमाइलो गर्न पर्छ । साथी भाई इस्टमित्र भेटघाट गर्न पर्छ। अरु ठाउँ भन्दा कर्नेश अलि सजिलो र राम्रो पनि छ । त्यहीं डुङ्गा चढ्ने ब्यब्स्था पनि छ । तर केही नसोची ३०,४० जना चढ्ने प्राय बिदाको दिन देख्न सजिलै पाइन्छ  । यहाँसम्म की मैले दोहा कतारमै नाम चलेका संघ सस्थाहरु पनि त्यहीं ढंगले चढेको देखेँको छु । डुङ्गाले कति सम्म मान्छे धान्छ , सुरक्षाको उपाय कतिको अपनाइएको छ , डुङ्गा चालकलाई यसबारे जानकारी छ की छैन जस्ता कुरालाई बालै फरर भन्दै मनोरञ्जन मात्रै लिने हाम्रो बानी छ । भोलि भविष्यमा दुर्भाग्यवस तलमाथि भए मर्ने त आधा भन्दा बढी नेपाली नै हुनेछ्न् । अनि अन्तर्राष्ट्रिय समाचार पनि नबन्ला भन्न सकिन्न । यसको बारेमा हामीले कहिले सोच्ने होला । आफैले सोच्ने की फेरी दूतावासकै गल्ती देखाउन तिर लाग्ने  ?

अब यता डुङ्गाको काण्ड नसेलाउदै हिजो कर्नेशमा भएको झगडाको भाइरल भिडियो देखेर दु:ख लागेर आयो। यही भिडियो हेरेर नै हैन अब त केही गर्न पर्छ भन्ने लाग्यो र लेख्न बसेको । यसअघि पनि मैले नेपालीहरुले कर्नेशमा रक्सि खानेबेच्ने, केटाकेटी सँगै टास्सेर बस्ने गरेकोे जस्ता हरकत बारे नसुनेको चाहिँ होइन तर हिजो जे भयो त्यो चाहिँ अति नै भएको हो । अब यसरी नै केटीको निहुँमा दिन दहाडै कर्नेश जस्तो ठाउँमा झगडा गरेर गर्न खोजेको चाहिँ के होला अलि बुझ्न सकिएन । एकातिर दादागिरि देखाउन होकी ,पुलिसको महेचमान खोजेको हो बुझ्न सकिएन। अनि अर्कातिर यस्तो किसिमको चर्तिकलाले देशको बदनाम नहोला र ? दुर्इ चार वटा कुहिएको आलुले यस्ता गतिविधि दोहोराउदै गए यहाँ भएभरका नेपाली समुदायमा आँच नपुग्ला भन्न कहाँ सकिएला र ?

म सुरुसुरुमा कतार आउँदा बल्ल बल्ल शुक्रबार बिदा भएर कर्नेश जान्थे । तर दुखको कुरा के हुन्थ्यो भने त्यत्रो गाडी भाडा खर्च गरेर त्यहाँ गयो, पुग्नु अगाडि नै पुलिसले फेमेली डे भनेर फर्काइदिन्थ्यो । कम्ता रिस उठ्थेन र ।अब के गर्नु उनीहरुकै देश भनेको मान्नै पर्यो । त्यो हेरिकन त  आजभोलि कतार धेरै खुला भैसक्यो। कर्नेश मात्र होइन अहिले धेरै ठाउँमा ब्याचलरहरुलाई जान कुनै रोकतोक छैन । अब त्यही कर्नेश कै कुरा गरौन, पहिले छिर्न नदिने ठाउँ अहिले काठमाडौंको रत्नपार्क जस्तै हुबहु भइसक्यो ।

अब कुरा गरौं मूख्य विषयको। डुङ्गा चढौ तर त्यहीं एउटा मात्र बाઁकी भएको जस्तो गरी होइन। त्यहाँ अरु पनि डुङ्गा प्रशस्तै उपलब्ध छन् । आफ्नो सुरक्षा आफै गरौं । अनि रक्सि खाएर केटी कै निहुँमा झगडा गर्ने काम बन्द गरौं। यसले देशको बदनाम त पक्कै हुन्छ एकछिन हिरो बन्दा ज्यान पनि जान सक्छ ,जेल परेर सबै सपना तहसनहस पनि हुनसक्छ । कर्नेश मात्रै होइन कुनै पनि सार्वजनिक स्थलमा अरुले सुन्दा पनि लाजमर्दो हुने काम बन्द गरौं ।

प्रथम कुरा हामी कतारमा केही सकेको कमाएर आफ्नो भविष्य राम्रो होस भनेर आएक हौं । हामी पछाडि हाम्रो परिवार हामीले नै केही राम्रो गर्ला भनेर कुरेर बसिरहेका छन् । अब यत्रो दिन रात घाम नभनी काम गर्छौ । जोगाउनको साटो यतै पो रमाउएन खोज्छौ । अहिले आफै कमाउने आफै रमाउने गर्दा भोलीको भविष्य के होला ? काम बाट पीडित हुनु अलग कुरा हो तर जानीजानी बिग्रिएर हिँड्नु त गलत होइन र भन्या ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button