जुन ५ तारिक इदकाे पहिलो दिन हुने

अन्तर्राष्ट्रिय खगोलिय केन्द्र (आइएसी) ले  प्राय इस्लामिक राष्ट्रहरुमा यो वर्षको इद अल फित्र जुन ५ तारिक पर्ने निष्कर्ष निकालेको छ ।आइएसीले गएको हप्ता आफ्नो वेबसाइटमा विज्ञप्ति निकाल्दै शव्वल अर्धचन्द्रमा (इद अल फित्र) बारे साे जानकारी दिएको हो । विज्ञप्तिमा १४ राष्ट्रका विभिन्न क्षेत्रका २८ खगोलबिदहरुले हस्ताक्षर समेत गरेका छन् ।

खगोलिय हिसाबलाई आधार मनेर निकालिएको विज्ञप्ति अनुसार जुन ३ तारिक अर्धचन्द्रमा सम्पूर्ण महादेश  बाट हेर्न असम्भव हुनेछ । चन्द्रमा त्यस दिन निकै कम समयको लागि मात्र देखिने हुँदा हेर्न सम्भव नहुने आइएसीले बताएको छ । टेलिस्कोप मार्फत अमेरिका र प्रशान्त महासागरको केही पश्चिमी क्षेत्र बाट चन्द्रमा हेर्न सकिने  न्यून अवस्था रहेपनि त्यो मौसम सफा नहुनाले सम्भव  नरहेको विज्ञप्तिमा उल्लेख छ ।

जुन ४ तारिक मङ्गलवार भने प्राय अरब राष्ट्र,एसिया,अफ्रिका लगायत अष्ट्रेलियामा नांगो आँखा बाट नै अर्ध चन्द्रमा हेर्न सकिनेछ । त्यस्तै मे ६ तारिक देखी रमजान सुरु गरेकाहरुले ३० दिन र ७ तारिक देखी सुरु गरेका भारत,पाकिस्तान,ब्रुनेइ,बङ्लादेश लगायतका देशहरुले २९ दिन मात्रै रोजा बस्नुपर्नेछ। त्यसर्थ यो वर्ष इद जुन ५ तारिक देखी सुरु हुने आइएसीले भनेको छ ।

यधपी इस्लाम परम्परा अनुसार अर्धचन्द्र नदेखि  इद  सुरु हुदैन । यता कतार क्यालेन्डर हाउसले पनि इद बारे कुनै जानकारी सार्वजनिक गरेकोे छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button