एनआरएनए,एनसीसीको अध्यक्ष पदमा नवीन पोखरेल नै किन?

गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशन (२०१७-२०१९) को लागि अध्यक्ष पदमा समाजसेवी तथा व्यवसायी नगेन्द्र प्रसाद पोख्रेल(नवीन) को उम्मेदवारी दिएका छन्।

(२०१५-२०१७) को प्रथम उपाध्यक्ष पदमा रहेर प्रवासी नेपालीहरूको हकहितका लागि सहयोग र आफ्नो पदको जिम्मेवारीलाई सही ढङ्गले निर्वाह गर्दै आइरहेका पोख्रेलले एनआरएन को अध्यक्ष पदका लागि कतारस्थित सम्पुर्ण पन्जिकृत सदस्यज्युहरुमा अपिल समेत गरेका छन्।

पोखरेलले आफ्नो कार्यकाल (२०१५—२०१७) मा प्रथम उपाध्यक्षको रुपमा पुरा गरेको निम्न जिम्मेवारीहरू

१.आफ्नो जिम्मेवारी बहन गर्दै कतारमा स्थापित सम्पूर्ण संघ सस्थाहरुको बिबरण अध्यावधिक गर्दै पूर्ण अध्यावधिक बिबरण दुतावासलाई बुझाएको, विभिन्न संघ सस्थाको अधिवेसन पश्चात दूतावासलाई नया कार्यसमितिको विवरण दिँदै आएको जसबाट दूतावास र संघ संस्था बीच दोहोरो अन्तरक्रिया र बेला बेला आवश्यक छलफल हुने गरेका छन् ।

२. मार्च १८, २०१६ मा एनसीसी  कतारले आयोजना गरेको रक्तदान कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघ संथाहरुलाई सामेल गर्ने र सहभागिताको लागि निमन्त्रणा गर्ने जिम्मा दिइएकोमा आफ्नो जिम्मेवारी पुरा गर्दै उक्त रक्तदान कार्यक्रममा १५० भन्दा बढीको सहभागितामा रक्तदान सञ्चालन गरेको ।

३. अप्रिल २१ ,२०१६ मा कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुसंग महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि नेपाली समाजलाई एकत्रित गर्ने कार्य गरेको ।

४. जुलाई ,२०१६ मा इदको अवसर पारेर यहाँको सरकारी निकाय संग समन्वय गर्दै नेपाली समुदायबाट विभिन्न साँस्कृतिक प्रस्तुति दिने कार्यमा संयोजकको हैसियतले महत्वपुर्ण भूमिका खेल्दै कार्यक्रमलाई सम्पन्न गराएको ।

५. सेप्टेम्बर ९, २०१६ मा एनसीसी कतार  संघ-संस्था समन्वय समितिको संयोजकत्वमा र नेपाली दूतावासको समन्वयमा कतारमा स्थापित सम्पूर्ण संघ संथाहरु बीच दूतावासको प्रांगणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गराएको ।

६.अक्टुबर ,२०१७ मा सम्पन्न दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रममा कतारका सम्पूर्ण संघ संस्थाहरु संग समन्वय गर्दै अधिकतम संघ संस्थाहरु सहभागी गरेर राष्ट्रिय पर्व एकै थलोमा मनाउने कार्यको सुरुवात गर्दै त्यस कार्यमा जिम्मेवारी भूमिका खेलेको ।

७. अप्रिल,२०१७ मा  सम्पन्न नयाँ बर्ष २०७४  शुभकामना कार्यक्रममा कतारका सम्पूर्ण संघ संस्थाहरु संग समन्वय गर्दै अधिकतम संघ संस्थाहरु सहभागी गर्दै त्यस कार्यमा जिम्मेवारीपूर्ण भूमिका खेलेको ।

८. कार्यसमितिमा रही कार्य सम्पादनमा महत्वपुर्ण भूमिका खेल्नुका साथै विभिन्न समयमा अध्यक्षको अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी बहन गर्दै संस्थालाई अघि बढाएको ।

९. विभिन्न समयमा श्रमिक हितको निम्ति पिडितहरुलाइ टिकट लगायत अन्य सहयोग गरेको।

अध्यक्ष पदमा नवीन पोखरेल नै किन?

१. कतारमा स्थापित सम्पूर्ण बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, जातिय संस्थाहरु, सांस्कृतिक संस्थाहरु, खेलकुद संग सम्बन्धित संस्थाहरु तथा अन्य सम्पूर्ण संघ संस्थाहरुलाई एनसीसी कतारको अभियानमा समेट्ने र एनसीसी कतार सबै संस्थाको अभिभावक संस्था हो भन्ने अनुभूति गराउन प्रयत्न गर्ने ।

२. श्रमिक हितको लागि छुट्टै व्यक्तिगत, संस्थागत र समाजका अभियन्ताहरुको सहयोगमा एनसीसी कतारको संरक्षकत्वमा कल्याणकारी कोषको स्थापना गर्ने र उक्त कोषलाई सबैको सहभागिता र सहयोगमा बढाउदै लैजाने,बृहत कोषको अवधारणामा परिणत गर्ने र उक्त कोष संचालन गर्नको लागि छुट्टै संयन्त्र बनाउने । आवश्यकता वमोजिम आईसीसी र दुतावासको सहयोगमा कानुनी प्रकृयामा समेत लैजाने।

३. एनसीसी कतारले हालसम्म कार्य सम्पादन गर्ने बिषयमा बेहोर्दै आइरहेको समस्या,संस्थाको कानुनी दर्ता हुन नसक्नु ,संस्थाको आफ्नो छुटै कार्यालय नहुनु लगायतका समस्याहरूलाई आफ्नै व्यक्तिगत खर्चमा संस्थाको लागि छुट्टै १ कार्यालय कोठा उपलब्ध गराउने। सो नजिरलाई संस्थागत गर्दै भविष्यमा निरन्तरता दिने वातावरण निर्माण गर्ने ।

४. एनसीसी कतारलाई विधिवत रुपमा कतार सरकारमा दर्ता गर्ने प्रक्रिया को अध्ययन र दूतावास लगायत अन्य निकायको पहलमा यहाँको सरकारमा दर्ता गर्ने प्रक्रियाको लागि प्रयत्न गर्ने ।

५. २०१५—२०१७ कार्यकालबाट सुरु गरेको राष्ट्रिय पर्वहरु सम्पूर्ण संघ संस्थाहरु मिलेर एकै थलोमा मनाउने अभियानलाई अझ तिब्रता दिँदै कतारमा स्थापित सम्पूर्ण संघ  सस्थाहरुलाई अझ बढी सहभागिता गराउने कार्यलाई तिब्रता  दिने ।

६. बैदेशिक रोजगारीको लागि नेपालबाट आउने श्रमिकको हकमा नेपालमा श्रम स्वीकृति , अध्यागमनमा बिना झन्झट सजिलै आवतजावत गर्न पाउने व्यवस्था गर्ने , श्रम स्वीकृति कतारस्थित दूतावासबाट प्रदान गर्न लगायत अन्य तमाम बिषयमा आफ्नो पहुच भएसम्म संस्थागत रुपमा यसको प्रभावकारिताको लागि पहल गर्ने  ।

७. कतार सरकारको सम्बन्धित निकायसंग छलफल गरि सम्पूर्ण नेपालिहरुलाई सम्बद्ध कम्पनीहरुले अनिवार्य बिमा गर्नु पर्ने कुरामा जोड दिँदै यस बारेमा संस्थागत रुपमा पहल गर्ने ।

८. कतारमा स्थापित बिभिन्न सांस्कृतिक संस्था हरु खेलकुद संग सम्बन्धित संस्थाहरु , कलाकारहरु लाइ एकै थलोमा समेट्दै यसलाई अझै बढी प्रोत्शाहन गर्ने उद्देश्यले बिभिन्न कार्यक्रमहरु ल्याउने  ।

९. संस्थाको गरिमा र छविलाई शिरोपर गर्दै कतारमा हुनुभएका सम्पूर्ण अभियन्ताहरु , अग्रजहरु, पंजीकृत सदस्यहरु को साथ र सल्लाह लिँदै भविष्यमा संस्थाको उन्नति र प्रगति गर्दै लैजाने उदेश्यले सामाजिक र आर्थिक  दुबै रुपमा संस्थालाई समुन्नत बनाउँदै लाने ।

१०. संस्थालाई दीर्घकालीन रुपमा मजबुत बनाउनको लागि अति आवश्यकिय आर्थिक व्यवस्थापनको आधारभुत श्रोतहरु पहिचान गर्ने, निर्णय गर्ने र कार्यान्वय गर्ने । साथै आर्थिक पारदर्शितालाई प्रभावकारी बनाउने ।

११. सांस्कृतिक केन्द्रको अवधारणा लाई मुर्तरुप दिन विशेष पहल गर्ने  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button