जुवातास खेलेको भेटिए कस्तो सजाय हुन्छ ?
प्रश्न : कम्पनीको कोठामा जुवा खेल्ने गरेको सूचना पाए लगत्तै कम्पनीले उनीहरुलाई एकपटकको लागि सावधानी पत्र दिएको थियो । तर त्यो क्रम रोकिएन,अझै उस्तै रुपमा कोठामा जुवा चलिरहेको छ । कतारमा जुवातास खेलेको भेटिए कस्तो सजाय हुन्छ ?
उत्तर : सामान्य रुपमा भाग्यको भरमा हार जितको निर्णय हुने र हार्ने पार्टीले जित्नेलाई तोकिएको रकम तिर्नुपर्ने कुनै पनि गतिविधिलाई जुवा भनिन्छ । कतारमा यो सरासर गैरकानुनी मानिन्छ । दण्डित कानुनको धारा २७५ बमोजिम कतारमा जुवा खेल्ने खेलाउने दुबैलाई तिन महिना सम्म जेल सजाय वा तिन हजार सम्मको जरिवाना वा दुवै हुनसक्नेछ । त्यस्तै सार्वजनिक स्थल , खुला रुपमा अथवा यसको लागि कुनै घर प्रयोग गरि भेटिएको अवस्थामा जुवा खेल्ने खेलाउने दुवैलाई ६ महिना सम्म जेल सजाय वा ६ हजार रियाल सम्मको जरिवाना वा दुवै हुनसक्ने प्रावधान रहेको छ ।
गल्फ टाइम्स बाट साभार