इद जुन १५ तारिख पर्ने सम्भावना धेरै

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादान जुन १४,बिहीबारको दिन अन्त्य हुँदै इद अल फित्र जुनको १५ तारिख पर्ने साउदी अरेबिया र कुवेतको प्रमुख खगोलविदहरुले अनुमान गरेका छन्।

‘हामीले यो वर्षको रमादान महिना २९ दिन मात्र रहने अनुमान गरेका छौ।खगोलिय हिसाब अनुसार १४ तारिख बिहीबार अर्ध चन्द्रमा ४३ मिनेट सम्म आकाशमा देखिने छ।तसर्थ शुक्रबार इद पर्नेछ,’साउदीको खगोलबिद अब्दुल्लाह अल मिस्नादले बताएका छन्।

“ १५ तारिख इद पर्नेमा म ९९.९९ प्रतिशत पक्का छु,यात्रा गर्नेहरुले यसै मितिलाई आधार बनाए हुन्छ।,’साउदी समाचार सबकलाई उनले भनेका छन्।

त्यस्तै कुवेतको प्रमुख खोगोलबिद अदेल अल सादुनले पनि इद १५ तारिख नै पर्ने बताएका छन्।’प्राय अरब राष्ट्रहरूमा चन्द्रमा नाङ्गो आँखाले हेर्न मिल्ने गरी बिहीबार देखिनेछ,’उनले भनेका छन्।
 

इस्लामिक परम्परा अनुसार चन्द्रमा हेरेर मात्रै इदको घोषणा हुने गर्दछ।

गल्फ न्यूजको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button