बर्वा सिटी र इन्डस्ट्रियल एरिया जोड्ने सुरुङमार्ग सञ्चालनमा आयो

सार्वजनिक कार्य विभाग (अश्घाल) ले इन्डस्ट्रियल एरिया र बर्वा सिटी जोड्ने नयाँ सुरुङमार्ग सञ्चालनमा ल्याएको छ । गएको महिनाको ३० तारिक बाट सन्चालनमा आएको सुरुङमार्ग मेसैमीर इन्टरचेन्ज र वादी लुबारा इन्डस्ट्रियल एरियाको बिचमा रहेको छ ।

दुर्इ तर्फी मार्ग जम्मा ६७० मिटर रहेको छ ।  नयाँ मार्गले इन्डस्ट्रियल एरिया , दोहा बाट बर्वा सिटी आउने, रिलिजियस कम्प्लेक्स लगायत अन्य स्थान बिना ट्राफिक आरामले  स्ट्रिट १११५ सँग सिधै जोड्दछ ।

सुरुङमार्ग सन्चालन हुनु अगाडि बर्वा सिटी पुग्न वादी लुबारा इन्टरचेन्ज प्रयोग गरी दाहिने तर्फ  मोडी बु सम्रा रोड हुँदै स्ट्रिट १११५ को दायाँ तर्फ प्रयोग गर्नुपर्ने हुन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button