ईदको (ईद उल-फ़ित्र) टुंगो लाग्ने चन्द्रमा आज हेरिँदै

यस वर्षको “ईद उल-फ़ित्र” को लागि अर्ध चन्द्रमा आज हेरिने भएको छ । अकफ तथा इस्लामिक मामिला मन्त्रालय अन्तर्गतको अर्ध चन्द्रमा अवलोकन समितिले जून ३ तारिख, सोमबार बेलुकी कतारमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई चन्द्रमा हेर्न आवहान गरेको हो ।
अर्ध चन्द्रमा देख्ने जो कोहीले पनि दफ्ना स्थित आफ्नो कार्यालयमा आएर रिपोर्ट गर्न समितिले आग्रह गरेको छ। इदको टुंगो लगाउन समितिको बैठक आज मघ्रिब (सूर्यास्त) प्राथना पछि बस्दैछ ।
[add_single_eventon id=”17414″ ]यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो