जीसीसी बैठकको निष्कर्ष कतारले नमान्ने

अल जजिरा
साउदी अरेबियाले गत हप्ता आयोजना गरेकोे आपतकालीन बैठक बाट निस्केको निष्कर्ष कतारले नमान्ने भएको छ ।
इरानमाथि साउदी रुष्ट भएको र मध्यस्थ नीति सहित वार्ताका लागि ऊ तयार नभएको कतारको विदेशमन्त्री शेख अब्दुल रेह्मान अल थानिले बताएका छन् । बैठकले छिमेकी देश इरानको बेवास्ता गर्दै अमेरिकी नीति पच्छ्याएको मन्त्री अल थानिले बताए ।
साथै कतारमााथिको नाकाबन्दी यथावत राखी खाडी एकताको लागि गरिएको पहल सम्भव नहुने उनले बताएका छन् । बैठकको निष्कर्ष पहिले नै तय गरिएको र कतारको सहमत बिना अन्तिम निष्कर्ष निकालिएको मन्त्री थानीको आरोप छ ।
साउदी अरेबियाको तेल ट्यांकरमा गरिएको ड्रोन हमला बारे मात्रै बैठकमा छलफल गरिएको थियो । त्यहाँ कतार माथिको नाकाबन्दी , प्यालेसटाइनको विषय तथा लिबिया र सिरियामा चर्किरहेको द्वन्द्व बारे कुनै छलफल नै नगरिएको मन्त्री थानीले बताएका छन् ।