सरकारी क्षेत्रलाई इदमा नौ दिन बिदा

इस्लाम धर्मावलम्बीहरूको महान चाड “इद अल फित्र”को अवसरमा सरकारी क्षेत्रमा पछिल्लो वर्ष जस्तै ९ दिन बिदा हुनेभएको छ। सरकारी कार्यालय,मन्त्रालय तथा अन्य सार्वजनिक क्षेत्र भित्र पर्ने कार्यालयहरूमा बिदा जुन २ आइतबार देखि जुन १० सोमबार सम्म हुने अमिरी दिवानले आज सूचना प्रकाशित गर्दै जानकारी गराएको हो। सम्पूर्ण सरकारी कर्मचारीहरुले जुन ११ बाट काम सुचारु गर्नेछन्।

त्यस्तै गरी कतार केन्द्रीय बैंक(क्युसिबी) अन्तर्गत पर्ने बैंक,वित्तीय संस्था लगायत अन्यलाई क्युसिबीले बिदा तोक्नेछ।

निजी क्षेत्र
इद अल फित्रको अवसरमा कतारमा निजी क्षेत्रका कामदारहरुले कम्तीमा तीन दिन बिदा पाउने श्रम कानूनमा उल्लेख गरिएको छ।यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाँकी दुई दिन काम लगाए ओभरटाइम दिनुपर्ने नियम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो