"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

आज हुँदैछ ‘नेपाल आइडल-बुगी वुगी ईद फेस्टिभ’, ३ बजे गेट खुल्ने

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ कतारमा आज बिहीवार ‘नेपाल आइडल-बुगी वुगी, ईद फेस्टिभल ” कार्यक्रम हुँदैछ ।

कार्यक्रम ईदको दोस्रो दिन हुने भनिएता पनि यो पटक ईदको मिती फेरबदल भएका कारण ईदको तेस्रो दिन अर्थात आज जून ६ तारिक बिहिबार हुन लागेको हो ईद फेस्टिभल । कार्यक्रमका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भईसकेको यस बृहत कार्यक्रम, आज शनैया स्थित ग्रान्ड मलको पछाडि एम्पिथियटरमा बेलुकी ठ्याकै ६ बजे देखी सुरु हुने कार्यक्रम संयोजक नारायण भण्डारीले जानकारी दिएका छन् ।

[bs-quote quote=”दर्शकहरुका लागि सहज होस् भनेर बेलुकी ६ बजे सुरु हुने कार्यक्रमका लागि दिउँसो ३ बजे देखी नै गेट खुल्ला रहने र गर्मी धेरै नहोस् भन्नका लागि ओपन एसीको समेत व्यवस्था” style=”default” align=”center” author_name=”नारायण भण्डारी ” author_job=”सन्योजक”][/bs-quote]

दर्शकहरुका लागि सहज होस् भनेर बेलुकी ६ बजे सुरु हुने कार्यक्रमका लागि दिउँसो ३ बजे देखी नै गेट खुल्ला रहने र गर्मी धेरै नहोस् भन्नका लागि ओपन एसीको समेत व्यवस्था गरिएको पनि उनले बताए । 

कार्यक्रममा प्रस्तुती दिन नेपाल बाट आउने कलाकारहरु

नेपाल आइडल २ का अन्तिम ४ प्रतिस्पर्धी

रवि ओड, बिक्रम बराल ,सुमित पाठक, अस्मिता अधिकारी

बुगिवुगी २ का अन्तिम प्रतिष्पर्धी
कविता नेपाली,  प्रगति पुन,  सरोज मोक्तान, रबिन भुजेल

गायक
कुलेन्द्र विश्वकर्मा (सालको पात टपरी)

र्यापर समीर घिसिङ (भिटेन)

हास्य कलाकार –  रमेश दुलाल (विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे)

कार्यक्रम संचालन – शोभा त्रिपाठी र बिबेक खतिवडा

कार्यक्रमको लागि निशुल्क यातायातको व्यवस्था पनि गरिएको छ ।

यातायात, टिकट तथा कार्यक्रम बारे अन्य जानकारीको लागि :

समीर केसी : 31549294

नारायण भण्डारी : 31536895

प्रकाश ढकाल :  55949593


[add_single_eventon id=”17414″ ]

नेपाल आइडल, बुगीवुगी ईद फेस्टिवलको मुख्य आयोजक रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र उक्त कार्यक्रम नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गर्ने बताउनु भएको छ । 

यसअघि पनि गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रम गरी सक्नु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button