कतारका लागि नयाँ राजदूत सिफारिस

नेपाल सरकारले कतारका लागि नयाँ राजदूत सिफारिस गरेकोे छ । यसपटक राजदूतमा नारद भारद्वाज सिफारिसमा परेका हुन् ।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा राजदूत सिरफारिसमा परेका हुन् । झापाकाण्डमा १२ वर्ष जेल परेका उनी त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विषयको सहप्राध्यापकबाट रिटायर्ड हुन् । पार्टी एकता हुनुअघि उनी तत्कालीन एमालेको विदेश विभागका सदस्य थिए ।

भारद्वाज सँगै सरकारले चार मित्रराष्ट्रका लागि कूटनीतिक अनुभव नभएका चार जनालाई राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

सरकारले राजदूत सिफारिस गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button