टिकटकले अघि बढायो आधिकारिक दर्ता प्रक्रिया

काठमाडौं, कात्तिक ४-

सामाजिक प्लेटफम टिकटकले नेपालमा आधिकारिक रूपमा दर्ता भएर सञ्चालन हुन प्रकिया अघि बढाएको छ। टिकटकले सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम दर्ता प्रक्रिया अघि बढाएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

यसअघि नै आधिकारिक दर्ता हुन र नेपालले भनेका सर्तहरू पालना गर्न तयार भएको टिकटकले सञ्चार मन्त्रालयले माग गरेका कागजातहरू पेस गरेर प्रक्रिया अघि बढाएको हो।

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार कागजात उपलब्ध गराउनको लागि नोभेम्बर ४ तारिखसम्मको समय माग गरेकोमा टिकटकले दुई साता अघि नै उपलब्ध गराएको हो।

सञ्चार मन्त्रालयले टिकटकको प्रस्तवाना, करको दायारामा आउने प्रक्रिया लगायतका कागजजात खोजेको थियो। त्यस्तै व्यक्ति पनि खोजिएको थियो।

आइतबार टिकटकले २०० पेजका कागजातहरू उपलब्ध गराएको छ। ती कागजजातहरू अध्ययन गरी केही दिनभित्रै दर्ता प्रक्रिया अगाडि बढाउने प्रवक्ता ठाकुरले बताए।

यस्तै, टिकटकले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका शर्तहरू पनि पूरा गर्ने जनाएको छ।

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।
तर २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो।

अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए। टिकटकले नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। त्यस्तै, दुई पटकसम्म प्रतिबन्ध फुकुवा गर्न टिकटकलाई पत्र पठाएको थियो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button