देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय

काठमाडौं,मंसिर २४-

विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेका छन् ।  उनलाई मानवताका आधारमा रुसले आश्रय दिएको रुसी अधिकारीहरूले बताएका छन् । रुसी समाचार एजेन्सीहरू इन्फोट्याक्स, टास र रिया नोवोस्तीले क्रिमलिन स्रोतलाई उद्धृत गर्दै असद रुसमा पुगेको समाचार प्रकाशन गरेका छन् ।

एक रुसी विमानले अपदस्थ राष्ट्रपति असदलाई रुस लगेको हुनसक्ने आशंका गरिएको छ । विद्रोही फौजले आइतबार बिहान राजधानी दमास्कसमा हमला गरी असदको सत्तालाई पराजित गरेको घोषणा गरेको थियो । विद्रोही राजधानी आइपुग्नुअघि नै असद भागेका थिए । तर उनी कहाँ गए भन्ने यसअघि जानकारी थिएन ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button