कतार भिसा सेन्टरले घरेलु कामदार पनि समेट्ने

कतार भिसा सेन्टरले चाँडै घरेलु कामदारलाई पनि समेट्ने भएको छ । कतारमा सबैभन्दा बढी कामदार रहेको देशहरुमा कतारको आन्तरिक मन्त्रालयले संचालन गरेकोे भिसा सेन्टरले आगामी दिनमा घरेलु कामदार जस्तै हाउस मेड , ड्राइभर जस्ता कामको प्रकृयालाई पनि सेवा दिने एक उच्च अधिकारिले बताएका छन् ।
“कतार भिसा सेन्टरमा सेवा लिन सक्ने घरेलु तथा सार्वजनिक क्षेत्रका कामदार लगायत फेमिलि भिजिट भिसाको बारेमा चाँडै वातावरण बनाइनेछ ,” भिसा सहायता बिभागका प्रमुख मेजर अब्दुललाह खलिफा अल मोहन्नदिले बताएका छन् । बिभिन्न देशमा भिसा सेन्टरको स्थापना पछि ३० हजार बढीको सेवा प्रदान भइसकेको उनले थपे ।
श्रीलंका , इण्डोनेशिया , नेपाल , फिलिपिन्स , टुनिशिया , पाकिस्तान , इन्डिया र बंगलादेश गरी २० वटा सेन्टर खोल्ने योजना कतार भिसा सेन्टरको रहेको छ । हाल यी मध्य ५ देशमा गरी जम्मा १३ वटा भिसा सेन्टरको स्थापना भइसकेको छ ।
कतार बाट भिसा आइसकेपछि यहाँ कामदारको बायोमेट्रिक , फिङरप्रिन्ट , मेडिकल चेकजाँच , काम करार पत्रमा हस्ताक्षेर लगायतका कार्यहरु गर्न सकिन्छ ।

भिसा केन्द्रको मुख्य सेवाहरू
भिसा केन्द्र स्थापना भएपछि निम्न सेवाहरु प्रदान गर्नेछन्:
- रोजगारीको अवसरबारे सूचना दिने,
- प्रवेशाज्ञा एवम् श्रमपत्र जारी गर्ने,
- स्वास्थ्य जाँच गर्ने,
- कामदारको औंठा छाप (फिङ्गरिङ्ग) लिने र
- श्रमिक-रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने ।
नेपालमा कहाँ छ त ‘कतार भिसा सेन्टर’ (क्युभिसि) ?
काठमाडौं महानगरपालिका–४ महाराजगञ्जमा
अहिलेलाई सम्पर्क : ९८५१२१४३३०