कोपा अमेरिका : आज कतार विरुद्ध पाराग्वे

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत कतारले आज पाराग्वेको सामना गर्दैछ । एसियन च्याम्पियन हुँदै कतारले पहिलो पटक विश्वस्तरीय प्रतियोगितामा भाग लिने मौका पाएको हो । कतार र जापानले पाहुना टोलीको रुपमा यो वर्ष कोपा अमेरिका खेल्न लागेको हो ।
अर्जेन्टीना , कोलंबिया र कतार सँगै समुह बि मा परेको पाराग्वे कतारको लागि अरु भन्दा कम कमजोर टोली रहेको छ । पाराग्वेको पछिल्लो दुर्इ वर्षको खेलहरुको नतिजा खराब रहेको छ । न्यूक्यासल युनाइटेडका खेलाडी मिगुएल अल्मिरोनले आज केही प्रभाव पार्न सक्नेछन् ।
यता कतारको पछिल्लो खेलहरु निकै उत्कृष्ट रहेको छ । हालसालै भएको एसियन कप च्याम्पियन्स प्रतियोगिताको सबै खेल कतारले जितेको छ । अझ विश्व बरियतामा उत्कृष्ट रहेको जापान तथा दक्षिण कोरियालाई समेत कतारले हराएको छ । त्यसैले पाराग्वे सँग कतारले आज कम्तीमा पनि बराबरीको नतिजा निकाल्ने आशा गरिएको छ । कतारका लागि अल्मोएज अलि आज प्रभाव पार्न सक्ने खेलाडी हुन् ।
खेल कतारी समय अनुसार राति १० बजे हुँदैछ ।