हप्तैभरि कडा हावाहुरी चल्ने

मौसम चार्ट अनुसार सोमबार बाट हप्ताको अन्त्यसम्म देशको अधिकांश भागमा कडा हावाहुरी चल्ने मौसम विभागले जनाएको छ । स्थानीय भाषामा अल बवरिह भनेर चिनिने यस पश्चिमोत्तरिय वायु हल्का देखि कडा  हुँदै हप्तैभरि चल्ने भएको हो ।

वायुको गति २० देखि ३० नट र दिउँसोको समयमा ३८ नट (७० किमी प्रति घण्टा )सम्म पनि पुग्ने अनुमान गरिएको छ । पश्चिमोत्तरिय वायुको प्रभावले समुन्द्री छाल ५ देखि ८ हुँदै १२ फिट सम्म उठ्ने विभागले बताएको छ । त्यस्तै धुलोको कारण प्रत्यक्षता पनि विशेषगरी खुला क्षेत्रमा घटेर २ किलोमिटर भन्दा तल पुग्नेछ । हप्ताभर उच्च तापक्रम ४५ डिग्री वरपर रहने विभागले बताएको छ ।

विभागले यस अवधिभर सामुद्रिक क्रियाकलाप नगर्न र मौसम बारे ताजा अपडेट लिन विभागको आधिकारिक सामाजिक सञ्जाल मात्र फलो गर्न सुझाव पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button