इश्वी सन् २०१७ अगस्ट २८ तारिख।सोमबार।वि.सं. २०७४ साल भदौ १२ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिःइश्वी सन् २०१७ अगस्ट २८ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ १२ गते।सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– सप्तमी, २४:४२ बजेउप्रान्त अष्टमी। नक्षत्र– विशाखा, २१:३२ बजेउप्रान्त अनुराधा। योग– ऐन्द्र, २६:०७ बजेउप्रान्त वैधृति। करण– गर, ११:५४ बजेदेखि वणिज, २४:४२ बजेउप्रान्त भद्रा। आनन्दादिमा मित्र योग। चन्द्रराशि– तुला, १४:५९ बजेउप्रान्त वृश्चिक।
दोहामा सूर्योदयः ०५:१२ बजे र दोहामा सूर्यास्तः १७:५६ बजे हुनेछ ।
राहुकालः :६:५१ देखी ८:२५ बजे सम्म । शुभ मुहूर्त : ११:५४ देखी १५:४७ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।
