गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । एकसाता लामो युरोप भ्रमण पूरा गरेर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले सरकार जनताको मन दुखाउन नभई हसाउनका लागि बनेकाले कहीँ कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने बताउनुभयो । गएको जेठ २५ गते युरोप भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुभएको हो ।
प्रधानमन्त्री स्वदेश फर्कदा उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुखलगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।