कतारले पाराग्वेलाई बराबरीमा रोक्यो

दुर्इ गोल खाईसकेको कतार लयमा फर्केर उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वेलाई बराबरीमा रोक्न सफल भएको छ । आफ्नो पहिलो कोपा अमेरिका प्रतियोगिताको पहिलो खेलमा कतारले पाराग्वे सँग २-२ को बराबरी खेल्दै अंक बाडेको छ ।

हिजो ब्राजिलको रियो दि जेनेरियो सहरस्थित माराकाना रंगशालामा भएको खेलमा कतारले चौथो मिनेटमा नै पेनाल्टी मार्फत गोल खाएको थियो । त्यस्तै दोस्रो हाफको सुरुमा डेरर्लिस गोन्जालजेले गोल गर्दा कतार २-० ले पछि पर्यो ।

तर २०२२ विश्वकपको आयोजक तथा एसियन च्याम्पियन्सले यहि नतिजामा हार भने मानेन । कतारले खेल लयमा फर्काउन सफल भयो र ६८ औ मिनेटमा स्ट्राइकर अल्मोएज अलिले गोल गर्न सफल भए । त्यस लगत्तै खोउखिले ७७ औ मिनेटमा अर्को गोल थपे र खेल बराबरीमा ल्याए  ।

कतार सँगै समुह बि मा रहेको लियोनल मेस्सीको अर्जेन्टीनाले कोलंबिया सँग २-० को हार बेहोरिसकेको छ ।कतारले दोस्रो खेल कोलंबिया सँग आउने बिहीबार खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button