कतारमा कोरोना : रोकिएन मृत्‍युदर आज ६ जनाको मृत्‍यु, ८२३ जनामा संक्रमण

कोरोनाका कारण कतारमा आज फेरी थप छ जनाले ज्यान गुमाएका छन् ।
आज मृत्‍युहुने मा ४९, ५०, ६३, ७०, ८८ र ९० बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।  यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ३७६ बाट ३८२ पुगेको छ । 

त्यस्तै गत चौबिस घण्टामा देशभर थप ८२३ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । ८२३ संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,९६,५८० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १०७९३ जनालाई गरिएको परिक्षणमा आज ८२३ जना नयाँ संक्रमित भेटिएको हो । जस मध्ये ६३६ जना स्थानीय र १८७ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । हिजो कतारमा ८२७ संक्रमित भएका थिए ।
आजको संक्रमणमा हिजोको भन्दा ४ ले कमी आएको छ ।

त्यस्तै आज ७१३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७३,९७० रहेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता खुलाउने गरेको छैन ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ  ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

बेलायत भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । बेलायत भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । दोस्रो लहरमा संक्रमित भएकामध्ये धेरै लक्षणविहीन छन् । धेरै संक्रमितहरुले आफुमा कोरोना कसरी देखियो अनुमान लगाउन सकेका छैनन् ।

त्यसैले कतार सरकारले बेला बखतमा केही क्षेत्रमा थप प्रतिवन्ध लगाउदै आएको पनि छ ।

कहाँ – कहाँ छ प्रतिवन्ध ? 

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

  • अस्पताल भर्ना हुने : १७१ जना
    हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,३७० जना
  • आईसीयुमा भर्ना हुने : ३० जना
    हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४६७ जना
  • आज स्वाब जाँच गरिएको संख्या – १०,७९३ जस् मध्धे ५,३२२ जना नयाँ
    आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,४०,०५३ जना
  • निको हुनेको संख्या – ७१३ जना
    आज सम्म निको हुनेको संख्या – १,७३,९७० जना
  • निको हुन बाँकीको संख्या – २२,२२८ (सक्रिय संक्रमित)
  • आज मृत्‍युहुनेको संख्या – ६
    आज सम्म मृत्यु हुनेको संख्या – ३८२
  • आज खोप लगाइएको संख्या  – २३,११९
    आज सम्म खोप लगाइएको संख्या – १२,४८,२२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button