नक्कली नोट सहित सात पक्राउ

सिआइडी विभााग अन्तर्गतको इकोनोमिक तथा साइबर क्राइम रक्षा विभागले नक्कली नोटको कारोबार गर्ने सात जनालाई चार झोला नक्कली नोट सहित पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा ६ अरब राष्ट्रका र एक युरोपेली मुलका नागरिक रहेका छन् ।


उनीहरू बाट पीडितलाई झुक्याउन तयार पारिएको कागज तथा अन्य सामान समेत बरामद गरिएको छ । सर्च वारेन्टका आधारमा गरिएको खानतलासीमा नक्कली नोट भेटिएकाे आन्तरिक मन्त्रालयले जनाएको छ । पक्राउ पर्ने ति व्यक्तिहरुले आफ्नो गल्ती स्वीकार गरेअनुसार उनीहरूलाई आवश्यक कारवाही अगाडी बढाइएको छ ।