पहिलो खेलमा नेपाल विजयी

क्युएफए द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो खेल नेपालले जितेको छ। हिजो दोहा स्पोर्ट्स स्टेडियममा सम्पन्न  खेलमा नेपालले प्रतिद्वन्दी बंगलादेश लाई २-० ले पराजित गरेको हो।

नेपालको जितको लागि खेलको पाँचौं मिनेटमा भक्त भण्डारीको पासमा ईन्द्र जगं लिम्बुले र २३ मिनेटमा भक्त भण्डारीकै पासमा अर्जुन सुब्बाले गोल गरेका थिए।खेल पुरै आफ्नै पक्षमा राखेको नेपाली टोलीले थुप्रै गतिलो अवसरहरू खेर फालेका थिए।हिजोको खेलमा नेपाली खेलाडीहरूको अन्तिम पक्ष फितलो रह्यो। सन्जीब वाईवाको प्रशिक्षण र शिव श्रेष्ठको कप्तानीमा केही पुराना र नयाँ खेलाडीका साथ नेपाली टिम यो वर्ष उपाधि चुम्ने लक्ष्यका साथ आएको छ।हिजोको खेलमा अर्जुन सुब्बा म्यान अफ दि म्याच घोषित भएका छन्।

क्युएन खबरले खेलको प्रतक्ष्य प्रशारण गरेको थियो। नेपालले आफ्नो दोस्रो खेल जापान सँग २६ जनवरीमा मर्किया रङगशालामा खेल्दैछ।

फोटो ग्यालरी : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button