कतार भिसा सेन्टर बारे सेमिनार सम्पन्न

आन्तरिक मन्त्रालय अन्तर्गतको भिसा सहायता विभागले सेमिनार कार्यक्रम सम्पन्न गरेकोे छ । काठमाडौंमा भर्खरै खुलेको कतार भिसा सेन्टरमा हुने भिसा प्रक्रिया बारे जानकारी दिन विभागले हिजो उद्योग तथा वाणिज्य मन्त्रालयमा कार्यक्रमको आयोजना गरेकोे थियो ।
कामदार ल्याउन प्रक्रिया सजिलो र सुलभ बनाउन कतारले चालेको कदम बारे सेमिनार केन्द्रित रहेको थियो । कार्यक्रममा भिसा सहायता विभागका प्रमुख मेजर अब्दुल्लाह खलिफा अल मुहन्नदि, श्रमिक निरीक्षण विभागका प्रमुख मोहम्मद अलि अल मीर लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै मेजर मुहन्नदिले आप्रवासी कामदारले भिसा सेन्टर बाट बायोमेट्रिक डाटा , मेडिकल चेकजाँच , काम करार पत्रमा हस्ताक्षेर लगायतको सेवा लिन सक्ने बताएका थिए । भिसा निस्केपछि कामदारले काठमाडौंस्थित भिसा सेन्टरमा गएर कतार आउन आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
कतार भिसा सेन्टर स्थापना भएको नेपाल पाचौं राष्ट्र र १३ औं रहेको छ । यसअघि श्रीलंका , बंगलादेश , पाकिस्तान र भारतमा सेन्टर स्थापना भइसकेको छ ।

कार्यक्रममा बोल्दै अलि अल मीरले आप्रवासी कामदार र मालिक बीच सहमत हुने अरबिक तथा नेपाली भाषाको करार पत्रमा यसै सेन्टर आएर हस्ताक्षेर गर्नुपर्ने बताएका छन् । सेन्टरमा काम करार पत्रमा लेखिएको तेर्म , कामदारको आधिकार र काम बारे विस्तृत गरिनेछ ।
कतार आएर कामदारले आफ्नो मालिक वा अन्य सम्बन्धित मान्छेलाई फोन गर्न ब्यालेन्स भएको सिम कार्ड समेत यसै भिसा सेन्टर मार्फत प्रदान गरिने अलि मिरले बताए ।

नेपाली समुदाय तर्फ कार्यक्रममा एनआरएनएका उपाध्यक्ष देवकाजी डंगोल, एनआरएनए कतारका अध्यक्ष नविन पोख्रेल, राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली प्रतिनिधि प्रो रमजान अलि मिया , नेकपा कतारका अध्यक्ष चानक पोख्रेल, एनआरएनए कतारका युवा संयोजक माया केसी लगायत अन्यको सहभागीता रहेको थियो ।