१४ नेपालीले पाए आममाफी

कतारको बन्दी गृहमा रहेका १४ जना नेपाली नागरिकहरुले आममाफी पाएका छन् ।
अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा यो वर्षको रमादानको अवसरमा ती नेपाली नागरिकलाई आममाफी दिईएको कतारस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।
कोरोना भाइरसको महामारीको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीहरुलाई आममाफी दिन कतारस्थित नेपाली दूतावासले सरकारलाई अनुरोध समेत गरेको थियो ।