कोलम्बियासँग कतार पराजित

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आज बिहान भएको खेलमा कतार कोलम्बियासँग पराजित भएको छ । खेलको अन्तिम समयमा तालमेल नमिल्दा कतारले गोल खाएको थियो । कोलम्बियाको जितका लागि रोड्रिगेजकाे पासमा जापटाले ८६ औं मिनेटमा गोल गरेका थिए ।

आजको हार सँगै कतारको क्वार्टरफाइनलमा प्रवेश गर्ने आशा झिनो बनेको छ । अर्को चरणमा पुग्न कतारले अर्जेन्टिना र पाराग्वेको खेलमा निर्भर हुन पर्नेछ ।

समुह बि मा रहेको कोलम्बिया दुर्इ खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । यता दुर्इ खेलमा एक बराबरी र एक हार बेहोरेको अर्जेन्टीना समुहको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button