कस्तो अवस्थामा कम्पनीले निकाल्दा हिसाब पाईदैन ?
प्रश्न : मेरो एक साथीलाई दुई हप्ता अघि बिना कारण कम्पनीले टर्मिनेट गरेकोे छ । त्यसपछि जब उसले आफ्नो ईन्ड अफ सर्भिस लगायत अन्य हिसाबको लागि अनुरोध गर्यो तब म्यानेजमेन्ट पक्षले टर्मिनेट गरिएको कमदारले हिसाब नपाउने भन्दै फिर्ता पठाएको छ । के मेरो साथीले हिसाब पाउँदैन ? कस्तो अवस्थामा कम्पनीले निकाल्दा हिसाब दिन्न भन्न पाउँछ ?
उत्तर : श्रम कानून धारा ६१ बाहेक ५४ बमोजिम कामदारलाई कम्पनीले निकाल्दा हिसाब दिनुपर्ने प्रावधान रहेको छ । श्रम कानून धारा ६१ बमोजिम भने कम्पनीले बिना सूचना र बिना हिसाब कामदारलाई निकाल्न पाउनेछ । जसमा कामदारले आफ्नो पहिचान लुकाएकाे भए , कामको लागि नक्कली प्रमाणपत्र पेश गरेकोे भए , कम्पनीलाई घाटा हुने कुनै काम गरेकोे भए , झगडामा सामेल भए , चोरी गरेकोे भए, कम्पनीको गोप्य सूचना चुहाएमा , कामको बेला रक्सि खाएको भेटिए , लागु औषधी प्रयोग गर्ने गरेकोे भेटिए , बिना कारण ७ दिन भन्दा बढी काममा नआए जस्ता कुराहरू पर्दछन ।
आजको गल्फ टाइम्सको लिगल हेल्पलाइन बाट साभार