कोपा अमेरिका : आज कतार विरुद्ध अर्जेन्टीना

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत कतारले आज अर्जेन्टीनाको सामना गर्दैछ । एसियन च्याम्पियन हुँदै कतारले पहिलो पटक यस विश्वस्तरीय प्रतियोगितामा भाग लिने मौका पाएको हो । कतार र जापानले पाहुना टोलीको रुपमा यो वर्ष कोपा अमेरिका खेलेको हो ।
पाराग्वे , कोलंबिया र कतार सँगै समुह बि मा परेको अर्जेन्टीना गोल अन्तरको आधारमा कतार भन्दा पछि छ । अर्जेन्टीनाको पछिल्लो दुर्इ खेलहरु खासै सम्झन लायकको छैन । उसले कोलम्बिया सँग २-० ले हारेको र पाराग्वे सँग १-१ को बराबरी खेलेको छ ।
यता कतारको पछिल्लो खेलहरु निकै उत्कृष्ट रहेको छ । पहिलो खेलमा कतारले पाराग्वे सँग २-२ को बराबरी खेलेको थियो । त्यस्तै कोलम्बिया सँग १-० ले हारेको थियो ।

क्वार्टरफाइनलमा प्रवेश गर्न अर्जेन्टीना सँग कतारले आज जसरी भएपनि जितको नतिजा निकाल्नु पर्नेछ । यता कोलंबिया विरुद्धको खेलमा पाराग्वेले जित्दा पनि कतार बाहिरिने छ । कतारका लागि अल्मोएज अलि आज प्रभाव पार्न सक्ने खेलाडी हुन् ।
खेल कतारी समय अनुसार राति १० बजे हुँदैछ ।