एसइईको नतिजाः १६ हजार ८२ ले ल्याए ए प्लस

राष्ट्रिय परीक्षा बोर्डले २०७५ चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर एसइईको नतिजा सार्वजनिक गरेको हो।

एसइईमा कुल चार लाख ७५ हजार तीनजना विद्यार्थी सहभागी थिए। जसमा छात्रातर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्रतर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी थिए। विगतमा जेठ मसान्तदेखि असार एक दुई गतेभित्रै एसईईको नतिजा प्रकाशन हुने गरेको थियो। तर, यसपटक भने प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको कार्यालयको भनाइ छ। गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए।

हेर्नुहोस नतिजा यसरी हेर्नुहोस् नतिजा परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा जान्‍न नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि संकेत नम्बर ९सिम्बोल नम्बर० टाइप गरी १६०० मा सन्देश पठाउनु पर्छ। एसइई स्पेस सिम्बोल नम्बर (seesymbol no) टाइप गरी १६०० मा सन्देश पठाएर थाहा पाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । यो बाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ ।

यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ । यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button