दूतावासको सचेतना तथा सूचनामूलक कार्यक्रम सम्पन्न

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली नागरिकहरुले यहाँको प्रचलित कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा विभिन्न प्रकारका गल्ति र कमजोरी हुन गई विविध समस्या, दुर्घटना तथा कानूनी जटिलतामा पर्ने गरेको पाइएको छ । सामान्य सूचना तथा सतर्कताको अभावमा ठगीमा पर्ने, सडक दुर्घटनामा परी ज्यान गुमाउने, कानूनी कारबाही भोग्नुपर्ने तथा जेल सजाय सम्मको समस्या भोग्नु परेको विद्यमान अवस्था  मध्येनजर गर्दै ती सम्सयाहरु आउँनै नदिन वा कुनै कारणवश त्यस प्रकारका समस्या अएमा के कसरी समाधान गर्ने भनेर नेपाली राजदूतावास, दोहाले समय समयमा सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको छ । यस प्रकारका कार्यक्रमको मूल उदेश्य नेपाली नागरिकहरुको कतार बसाई सहज र सुरक्षित बनाउन चाल्नु पर्ने आवश्यक कदमहरुको बारेमा जानकारी गराउनु नै हो ।

यसै सिलसिलामा हिजो नेपाली राजदूतावास दोहाले कतारमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुका लागि दूतावास भवनमा एक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । कतारमा रहेका विभिन्न कम्पनीमा कार्यरत नेपाली दाजु भाई तथा महिला दिदी बहिनीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा आउनु अघि र आए पश्चात गर्न हुने र गर्न नहुने कामहरु, कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र सुविधा तथा राहदानी तथा कन्सुलर सेवाका बारेमा विस्तृत जानकारी गराईएको थियो ।

कार्यक्रमको श्रम सम्बन्धि श्रम काउन्सेलर शिवराम पोखरेल, राहदानी ट्राभल डकुमेन्ट तथा व्यक्तिगत माग प्रमाणिकरण बारेमा तृतीय सचिव जिना अधिकारी , कन्सुलर मामिला सम्बन्धी उक्त शाखा हेर्ने राजदूतावासका द्भितीय सचिव ऋचा भट्टराई लगयतले आफ्नो कुरा राखेका थिए ।

सम्बोधनका क्रममा श्रम काउन्सेलर पोखरेलले कतारमा नेपाली समुदायले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र त्यस प्रकारका समस्या आउँन नदिने सचेतनाका उपायहरुका बारेमा प्रकाश परेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका राजदूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालले उपस्थित सबैलाई श्रमिकका हक हितका लागि राजदूतावासले चालेका पहलकदमीहरुको बारेमा जानकारी गराउनु भएको  थियो । साथै विदाको दिनमा समेत राजदूतावासको निमन्त्रणालाई स्वीकार गरी सहभागी हुनु भएकोमा सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरु तथा उहाँहरुले काम गर्ने सम्बन्धित कम्पनीका अधिकारीहरुलाई समेत धन्यवाद दिनु भएको थियो ।

राजदूतावासले गत मे ३१ का दिन नेपाली महिला दिदी बहिनीहरुका लागि यसै प्रकार सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button