दुर्इ कतारी सैनिक विमान दुर्घटना

दुर्इ कतारी सैनिक विमान जुधेर दुर्घटनाग्रस्त भएको छ । तालिमको क्रममा रहेका ति विमान दुर्घटनामा परेपनि दुबै चालक सकुशल रहेको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो ट्विटर अकाउन्ट मार्फत हिजो घटनाबारे जानकारी दिएको थियो। यद्यपी घटनाको कारण मिति र समय भने खुलाइएको छैन ।
“तालिमको समयमा दुर्घटना भएको र दुबै पाइलट सुरक्षित बाहिर निस्कन सकेकोले मानवीय क्षती हुन नपाएको” ट्विटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो