घाममा काम लगाउने ९७ कम्पनी कारबाहीमा

प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले घाममा काम लगाउने ९७ कम्पनीलाई कारवाही गरेकोे छ । मन्त्रालयले गरेकोे निरीक्षणमा निषेधित समयमा काम लगाएको भेटिदा ती कम्पनीहरु कारबाहीमा परेकाे हो ।

२००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार कतारमा जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन पाईदैन ।

निर्माणाधीन , कृषि र उद्योग क्षेत्रका ९७ कम्पनीलाई तिन दिन बन्द गर्नुपर्ने सजाय दिएको कतार न्युज एजेन्सीले जनाएको छ ।

मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउने निर्णय मान्न आग्रह समेत गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button