"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

श्रम विवादको उजुरी कहाँ गर्ने ?

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले गएको वर्ष  स्थापना गरेको ‘श्रम विवाद समाधान’ समितिले कामदारको उजुरी देशको चार ठाउँ बाट लिँदै समाधान गरिरहेको छ । यस अघि श्रम सम्बन्धी मुद्दाहरु अदालतले हेर्दा महिनै पिच्छे तारेख धाउन पर्ने र लामो समय सम्म पनि मुद्दाको सुनुवाई नहुने समस्या देखिएकाले ‘श्रम विवाद समाधान’ समिति गठन गरी घरेलू र अन्य कामदारका समस्याहरु समाधान गर्ने भएको हो ।

कतारका अदालतले अहिले श्रम विवादका मुद्दाहरू हेर्दैन । कामदारले उजुरी गर्नुपरेमा प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय जानुपर्दछ । सामान्यतया निवेदकले दिएको उजुरीलाई सात दिन भित्र विवाद सुल्झाउन प्रयास गरिनेछ । सात दिन पछी पनि उजुरीको सुनुवाई हुन नसकेको खण्डमा त्यो ‘श्रम विवाद समाधान’ समितिमा पुग्नेछ उक्त समितिले उजुरीको विवरण हेरी मन्त्रालयको सिफारिसमा काम गर्नेछ । यद्यपि उजुरीको फैसला दुवै पक्षलाई चित्त नबुझे एक महिना भित्र सुनुवाई हुने गरी पुनर्विचार न्यायलयले त्यसको जिम्मा लिनेछ ।

कहाँ-कहाँ छन त ती उजुरी गर्ने चार ठाउँ ?

श्रम मन्त्रालयको अनुसार कामदारले यी चार ठाउँमा बाट आफ्ना गुनासो वा उजुरी दर्ता गर्न सक्नेछन्

  • दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्याल – मरोइट सिटी सेन्टर होटेलको अगाडि
  • दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग – सिटी सेन्टरको अगाडि
  • औद्योगिक क्षेत्र (सनैया) मा रहेको मन्त्रालयको कार्यालय – अल अतिया  नजिक
  • अलखोरमा रहेको मन्त्रालयको कार्यालय – अल अंमिर स्ट्रीट ६००


फोन : +९७४१६००८ | ईमेल : info@adlsa.gov.qa | वेबसाइट : www.adlsa.gov.qa

 


यो पनि पढ्नुहोस्

कामदारको उजुरी हेर्ने नयाँ समितिले काम सुरु गर्यो
कतारको श्रम विवाद समाधान गर्न लाग्ने प्रक्रियाहरु
‘श्रमिक सहायता कोष’ बारे परामर्श परिषदमा छलफल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button