बिज्ञापन

विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

भारत, पुस १-

विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा ७३ वर्षीय हुसैनको आज बिहान निधन भएको हो ।

फोक्सोसम्बन्धी रोगको उपचारका क्रममा उहाँको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय स्वास्थ्य खराब हुँदै गएपछि उहाँलाई आईसीयूमा राखेर उपचार भइरहेको उहाँका परिवारलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हुसैनको निधनको खबर आएसँगै श्रद्धाञ्जलीको ओइरो लाग्न थालेको छ ।

उहाँको निधनले सितार र तबलालगायतका वाद्यवादन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उस्ताद जाकिर १९८८ मा पद्मश्री पदकद्वारा विभूषित हुनुभएको थियो । त्यसपछि उहाँले २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण पाउनुभएको थियो । तीबाहेक उहाँले दर्जनौं अवार्डहरू पाउनुभएको छ ।

सन् १९५१ मार्च ९ मा भारतको मुम्बईमा जन्मिएका जाकिरका पिता अल्लाहरक्खा कुरैशी पनि तवला बादक हुनुहुन्थ्यो । उहाँका श्रीमती र दुई छोरी छन् । एजेन्सी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button