कामदार बिदामा स्वदेश गएको बेला करार भंग नहुने

कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले गत साता रोजगारदातालाई कामदार बिदामा रहेको बेला उनीहरुसँगको करार भंग नगर्न निर्देशन दिएको छ । मन्त्रालयले रोजगारदाता र कामदारहरुलाई श्रम कानुनका बिदा सम्बन्धी दुईवटा प्रावधानबारे सोसल मिडियामार्फत जानकारी गराएको हो ।

कानुनको एउटा प्रावधानले रोजगारदातालाई कर्मचारी बिदामा रहेको बेला उनीहरुलाई कामबाट निकाल्न दिँदैन भने दोस्रो प्रावधानले कामदारलाई बिदामा बसेको बेला अर्को रोजगारदाताकहाँ काम गर्न दिँदैन  ।

श्रम कानुनको धारा ८५ मा भनिएको छ, ‘रोजगारदाताले कामदार कानुनमा उल्लेख भएको बिदामा बसेको बेला उससँगको रोजगार करार भंग गर्न वा सोको जानकारी गराउन सक्ने छैन । रोजगारदाताले कामदारसँगको रोजगार करार भंग भएके सूचनाको मिति बिदामा बसेको बेला सकिने गरी जानकारी गराउन सक्ने छैन ।’

धारा ८४ मा भनिएको छ , ‘कामदारले कुनै पनि बिदामा बसेको बेला अर्को रोजगारदाताकहाँ काम गर्न सक्ने छैन । कामदारले यो प्रावधान उल्लंघन गरको रोजगारदाताले थाहा पाएको खण्डमा रोजगारदाताले कामदारलाई बिदा अवधिको तलब नदिन वा पहिल्यै भुत्तानी गरिसकेको भए कामदारसँगबाट फिर्ता लिन सक्नेछ । ’

 

 


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button