कतार अरब कपको क्वाटरफाइनलमा

फिफा अरब कप प्रतियोगिता अन्तर्गत आयोजक कतारले आफ्नो दोस्रो खेलमा पनि जित हात पारेको छ । एजुकेसन सिटी रंगशालामा आज भएको खेलमा कतारले ओमानलाई २- १ गोलले पारजित गरेको हो।
खेलको ३१ औ मिनेटमा पाएको पेनाल्टीलाई अक्रिम अफिफले गोलमा परिणत गर्दै कतारलाई अग्रता दिलाएका थिए । अफिफले नै ९० मिनेट पछिको अतिरिक्त समयमा गोल गर्दै जित दिलाए । ओमानको लागि खेलको ७४ औ मिनेटमा हाजरी खालिदले गोल फर्काएका थिए ।
आजको जित संगै कतार प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारले अब आउने ६ तारिक अल बायत रंगशालामा इराक संग राति १० बजे खेल्नेछ।