घरेलु कामदार ल्याउन मन्त्रालयको सिफारिस चाहिने

मेनपावर एजेन्सीले मन्त्रालयको सिफारिस पश्चात कतार भिसा सेन्टर मार्फत प्रक्रिया पूरा गरेर मात्रै कतारमा घरेलु कामदार ल्याउन पाउने भएको छ ।

आन्तरिक मन्त्रालय  अन्तर्गतको भिसा सहायता सेवा विभागले प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयको समन्वयमा आज सो विषयमा एक सेमिनार कार्यक्रमको आयोजना गरेकोे हो ।

भिसा सहायता विभागका प्रमुख मेजर जनरल अब्दुल्लाह अल मुहन्नदि र श्रम मन्त्रालयका ज्ञाती अलि अल मीरले सेमिनार बारे विस्तृत गरेका थिए । कार्यक्रममा विभिन्न मेनपावर कम्पनी तथा एजेन्सीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कर्यक्रममा बोल्दै मेजर अल मोहन्नदिले मन्त्रालयले जारी गरेकोे यस सुविधा मार्फत कतारी नागरिक तथा आप्रवासीले सिफारिस पाएका मेनपावर एजेन्सी हुँदै कतार भिसा सेन्टरमा गरिने आवश्यक प्रक्रिया बाट मात्रै घरेलु कामदार ल्याउन पाउनेछन्  ।

यस सेवा आउने इद अल अधा सकिएपछि सुरु हुनेछ । मेनपावर एजेन्सीले मेट्राश २ एप , आन्तरिक मन्त्रालयको वेबसाइट र सर्भिस सेन्टरमा गएर  सिफारिस लिन सक्नेछन् ।

सिफारिस पाएका मेनपावर मार्फत भिसा आएपछि कामदारले कतार भिसा सेन्टरमा गएर बायोमेट्रिक , फिङर , करार पत्रमा हस्ताक्षर,मेडिकल जस्ता  आवासीय प्रक्रिया गर्नु पर्नेछ ।

कार्यक्रममा बोल्दै अलि अल मिरले कामदार भित्र्याउन उत्कृष्ट प्रक्रियाका लागि यहाँस्थित एजेन्सीको कार्य अनुसार वर्गीकरण गर्ने काम श्रम मन्त्रालय बाट  भइरहेको बताएका छन्  ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button