इद अगस्ट ११ तारिक पर्ने सम्भावना धेरै

 

यो वर्षको इद अल अधा (बक्र इद) आउन दुर्इ हप्ता मात्रै बाँकी रहँदा खोगोलबिदहरु यसको अनुमान गर्न अघि सरिसकेका छन्।

सारजाहका खगोलबिद मोहम्मद शव्कत ओदेको हिसाब अनुसार अगस्ट ११ तारिक आइतबार इद अल अधाको पहिलो दिन रहने गल्फ न्युजले  लेखेको छ । त्यस्तै कुवेतका खगोलबिद अदेल अल सादोउनले पनि इद ११ तारिक पर्ने नै बताएका छन् ।

यता इस्लामिक लुनार क्यालेण्डर अनुसार  धु अल हिज्जा महिनाको नवौं दिनमा अरफत र  दसौं दिनमा इद अल अधा पर्दछ।

यद्यपि इस्लामिक परम्परा अनुसार चन्द्रमा नहेरी इदको घोषणा हुँदैन।

इदमा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

साथै यो दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा प्रार्थनाहरु एकआपसमा साटासाट गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button