तेलको भाउ बढ्यो

अगस्ट महिनामा तेलको भाउ बढ्ने भएको छ। भोलि १ तारिख बिहीबारदेखि लागू हुने गरि पेट्रोलको भाउमा ५,१५ र डिजलको भाउमा १० दिरहामले वृद्धि हुन लागेको हो।
भाउ बढे सँगै अब सुपर पेट्रोल १.९०, प्रीमियम पेट्रोल १.८० र डिजल १.९० रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले जनाएको छ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।