कतारले मानव बेचबिखनमा परेका पीडितको लागि आवास बनायो

कतारको मानव बेचबिखन विरुद्धको राष्ट्रिय समिति (एनसिसीएचटी) ले गएको मङ्गलवार तस्करीमा परेका पीडितहरुको लागि नयाँ आवासको उद्घाटन गरेकोे छ ।
मानवीय साहारा घर नाम दिएको ती ६ भिल्लाहरु अल ममाैरामा अवस्थित छ । जसमध्ये ४ वटा बस्नको लागि दुर्इ भवन साधारण सेवाको लागि राखिएको छ । एक भिल्लामा ५२ जना बस्न सक्नेछन् ।
केन्द्रले पीडितको सुरक्षा ,पुनर्स्थापना, घर फिर्ति नभएसम्मको लागि आवास सुबिधा प्रदान गर्नेछ । मानव बेचबिखनमा परेको भए पीडितले नजिकैको प्रहरी कार्यलय वा समितिको वेबसाइट मार्फत उजुरी दिन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो