ईदमा अल-खराइज बीचमा मात्र श्रमिक जान पाउने

उम बाबको स्थित अल-खराइज समुद्र-तट (बिच) अगस्ट ११ देखी १५ सम्म श्रमिकहरुका लागि खुला गरिएको कतारको प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयले बताएको छ । यो समुद्र-तट लाई ईदको सुखद छुट्टीको आनन्द लिनको लागि आवश्यक सुबिधाहरुले सुसज्जित गरिएको पनि मन्त्रालयले बताएको छ ।
समुद्री तटमा क्रिकेट, फुटबल, र बिच भलिबल जस्ता खेल मैदानहरू रहेका छन् ।
We are pleased to inform you that Al Kharaij beach has been dedicated to workers between 11- 15 August. The beach has been equipped with the necessary facilities for workers. To access the beach please follow this map: https://t.co/raJ4Vuv9go@MOI_Qatar @albaladiya
— وزارة التنمية والعمل (@ADLSAQa) August 7, 2019
साथै यस अवधी भर पारिवारिक समुद्र-तट वा सिलाइन समुद्र-तट वा अन्य कुनै पनि समुद्र-तट मा एकल पुरुषलाई प्रवेश निषेध गरिएको छ ।
अल-खराइज बिच जाने बाटो