काजक्रिया गर्न र गम्भीर बिरामी भई नेपाल जानु परे कागजात पेश गर्न दूतावासको आग्रह

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नियमित हवाई सेवा स्थगित हुँदा नेपालमा आफन्तको मृत्यु भई आफैले काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भई उपचारका लागि तुरुन्तै नेपाल जानु पर्ने तथा नेपालमा परिवार मध्ये कोहि जटिल स्वास्थ्य अवस्था रही तुरुन्तै नेपाल जानु पर्ने भए कागजात पेश गर्न दूतावासले आग्रह गरेको छ ।

काजक्रियाका लागि

आफन्तको मृत्यु भइ आफैले काजक्रियाका लागि नेपाल फर्कनुपर्ने भएमा मृत्यु दर्ताको प्रमाणपत्र तथा नाता खुलने कागजातसहित eondoha@mofa.gov.np मा ईमेल गर्न र थप जानकारी चाहिएमा राजदूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर १११ मा सम्पर्क गर्नु सकिन्छ ।

गम्भीर स्वास्थ्य समस्या भए

कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफै नेपालमा गई थप उपचार गर्नु परेमा कतारमा मान्यता प्राप्त स्वास्थ्य संस्था वा डाक्टरको शिफारिससहित eondoha@mofa.gov.np मा ईमेल गर्न र थप जानकारी चाहिएमा राजदूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क गर्नु सकिन्छ ।

आफन्त अस्पतालमा भर्ना भएको अवस्थामा

नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही र अस्पतालमा भर्ना भएको अवस्थामा आफैले हेरचाह गर्न नेपाल जानु पर्ने भएमा भर्ना भएको अस्पतालबाट जटिल स्वास्थ्य अवस्था रहेको खुल्ने शिफारिस र बिरामीसँग नाता खुल्ने कागजातहसित eondoha@mofa.gov.np मा ईमेल गर्नु हुन र थप जानकारी चाहिएमा राजदूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क गर्नु सकिन्छ।

स्वास्थ्य समस्या देखाई घर फिर्तिको अनुरोध गर्नेहरुको लागि मान्यता प्राप्त अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय बाहेक अन्य प्रशासनिक निकायको शिफारिस मान्य नहुने दूतावासले बताएको छ । सबै अवस्थाका लागि राजदूतावासमा ईमेल प्राप्त भए पछि आवश्यक प्रक्रिया अघि बढाईने हुनाले व्यक्ति आफै राजदूतावासमा आईरहनु नपर्ने र अन्य कागजात तथा जानकारी चाहिएमा राजदूतावासबाटै सम्पर्क गरिने दूतावासले आज सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button