आज हुनेछ ‘नेपथ्य लाईभ इन दोहा’, दर्शकले नि:शुल्क मेडिकल परामर्श सेवा पनि पाउने

इस्लाम ध्मावलम्बीहरूको पर्व ईद-उल-अधाको दोस्रो दिन अर्थात आज सोमबार ग्रान्ड मल स्थित एसियन टाउन एम्पीथिएटरमा शान्तिको लागि संगीत भन्ने नारा का साथ हुन लागेको ‘नेपथ्य लाइभ इन दोहा’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले क्युएन खबरलाई बताउनु भएको छ ।

लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक, सहआयोजको रुपमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा उक्त कन्सर्ट आज साँझ ५ बजे देखी सुरु हुनेछ ।

श्रोता/दर्शक लाई सहजहोस् भनेर साँझ ४ बजे देखी तीन वटा प्रवेश द्वार खुला गरिनेछ भने यी तीन प्रवेश द्वारलाई फेरी दुई लाईनमा विभाजन गरिनेछ । दाँया र बाँया गेट ३५ र ५० टिकट हुनेहरुका लागि खुल्ला रहनेछ भने माँझको गेट १००, २०० र भिआईपी का लागि खुल्ला गरिनेछ ।

कार्यक्रम बेलुकी ७ बजे औपचारिक रुपमा सुरु भै राती ९ बजे सकिनेछ । धेरै टाढा देखी आउने स्रोता आफ्नो समयमा नै फर्किन सक्नुहुनेछ र साथै दर्शकले लिनु भएको टिकटको अर्धकट्टी बाट कार्यक्रम पछि कान्तिपुर मेडीकल सेन्टरमा एक पटकका लागि नि:शुल्क डाक्टरी परामर्श सेवा पाउने मौका पनि पाउनुहुनेछ ।

सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यका गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । संगीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको दोर्सो कतार यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने आयोजक  लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले क्युएन खबरलाई बताउनु भएको छ ।

‘स्रोता दर्शकहरूको अपार माया पाएको कतारमा प्रस्तुतीका निम्ति सधैंजस्तै यसपालि हामीले गीतहरू समेत विशेष तवरबाट छनोट गरेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतीलाई अविस्मरणीय बनाउन तत्पर छौं।’

सधैंजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरू ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

 


कार्यक्रमको नाम : नेपथ्य लाईभ इन दोहा
मिती : बक्र ईदको दोस्रो दिन, अगस्त १२ तारिक सोमबार
समय : साँझ ५ बजे गेट खुल्ने
स्थान : सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एसियन टाऊन एम्पिथियटर
टिकट दर : ३५ , ५० र १०० रियाल
टिकटको लागी सम्पर्क मोबाईल , – 30385459 ,55605567 -70008781 ,77295054 – 55952452 ,70015512
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button