जैदा काण्ड : एक नेपालीको मृत्यु ,पाँच घाइते

हिजो दोहा स्थित जेदा पार्कमा बंगलादेशी र नेपाली नागरिक समूह बिचको झगडामा सुनसरी जिल्ला निवासी तवारेज अन्सारीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ नेपाली घाइते भएका छन् । सो सम्बन्धमा कतारस्थित नेपाली दुतावासले कतार सरकारको प्रहरी प्रशासन र हमाद अस्पतालको स्थलगत भ्रमण पश्चात उक्त जानकारी उपलब्ध भएको भन्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । हाल मृतक अन्सारीको शव थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि हमाद अस्पतालमै राखिएको छ ।
घाइते मध्ये उमर अन्सारी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै घाइते मध्येका इब्राहिम र नौसाद अन्सारी खतरामुक्त अवस्थामा सोहि अस्पतालमा उपचाररत छन् । सोहि समूहमा रहेका अन्य दुई अकबर मिया र महसुद अन्सारी हिरासत मुक्त भैसकेका छन् । मृतक तथा घाइतेहरुको थप विवरण पररास्ट्र मन्त्रालय मार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दुतावासले जनाएको छ ।
बंगलादेशको नागरिक र नेपाली बिच भएको झगडा नेपालीको पर्स खोस्ने क्रमबाट सुरु भएको सुन्नमा आएको छ ।
भिडभाडमा नजानु : दुतावास
यस्ता घटनालाई मध्येनजर गर्दै कतारस्थित नेपाली दुतावासले अनावश्यक भिड भादमा नजान र जाने परे आब्श्येक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
