तापक्रम घटाउन निलोपत्रे

कतारको सार्वजनिक कार्य विभाग अस्घालले जापानको एक कम्पनी सँग सहकार्य गर्दै कालोपत्रे सडकलाई निलो रङ दिन परीक्षण थालेको छ । हाललाई सौक वकिफमा रहेको अब्दुलाह बिन जस्सिम सडकखण्डमा निलो रङ पोतिएको छ । निलो रंगले सडकको तापक्रम १५ देखि २० डिग्रीले घटाउने अरबिक पत्रीका अर्रयाहले लेखेको छ ।

“कालो रङले तातो सोस्ने हुँदा सडकको तापक्रम २० डिग्रीले बढी हुने गर्दछ । निलो रङ लगाउदा आँखालाई पनि आराम मिल्नेछ र तापक्रम पनि घट्नेछ ,” इन्जिनियर साद अल दोसारिले ट्विटमा लेखेका छन्  ।

सडक र यसको परीक्षण १८ महिना सम्म चल्नेछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button