बिज्ञापन

रहिनन् बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।  स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले बताएको छ । अहिले सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन् ।

काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो ।

निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button