भरतपुरमा फेरी प्रर्दशनकारीद्धारा प्रहरीको गाडी तोडफोड, चार राउण्ड अश्रुग्याँस प्रहार

भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
तेसो त यता आज बिहान मात्रै पत्रकार शालिकराम पुडाशैनीको न्यायका लागि भन्दै चितवनको चौविसकोठीमा आज विहान प्रर्दशन पनि भएको थियो । आरोपीहरुलाई अदालतले हिजोमात्र म्याद थप गरी प्रहरीको अनुसन्धामै रहेको घटनामा विरोध गर्नु र समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग गरिएको थियो ।
– नारायणी अन्लाईन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो