आगामी मे महिनाबाट परमाणु परीक्षणस्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ ।शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो ।त्यसलगत्तै उत्तर कोरियाले मे महिनाबाट परमाणु परीक्षणस्थल बन्द गर्ने जानकारी दिएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै सामाचार एजेन्सी एएफपीले जनाएको छ ।
साथै उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्नेछ । हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । अब परिवर्तन गरेर समान बनाउने उत्तर कोरियाको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो